नेतृत्व विकासमा प्राज्ञिक परिषद्

पाेखरा | असार १०, २०७९

नेतृत्व विकासमा प्राज्ञिक परिषद्


पोखरा :   प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल पृथ्वीनारायण क्याम्पस इकाई समितिले   दुई दिवसीय जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तथा नेतृत्व विकास प्रशिक्षण तालिम सञ्चालन गरेको छ । 

 

दुई दिन चल्ने यस तालिमको पहिलो दिन ४० जना बढि विद्यार्थीको सहभागिता रहेको थियो । पृथ्वीनारायण क्याम्पस परिसरमा  प्राज्ञिक राष्ट्रिय सह संगठन सचिव रमेश कडेलले प्रशिक्षण दिए भने क्याम्पस इकाई सह संयोजक  देवी शिर्पालीले सहजिकरण गरिन् ।   

 

 कार्यक्रमका बोल्दै प्रमुख अतिथि  विद्यार्थी कल्याण शाखा प्रमुख बोधराज ढकालले नेतृत्व विकासको बारेमा प्रस्टाए । प्राज्ञिककै अर्की छात्रा  क्याम्पस इकाई समितिका सचिव आशामाया मगरले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यको बारेमा व्याख्या गरे । 

 

यसै गरि तालिम प्रशिक्षक कडेलले आत्मा जागरण, अनुभुति, प्रभावकारी सञ्चार र अन्तर्वैयक्तिक सम्बन्धको बारेमा चर्चा गर्दै विद्यार्थीहरुलाई खेलको माध्यमद्वारा  मनोरञ्जन पनि गराए ।

 
कडेलले भने ‘तिमि आफुलाई जान्न खोज कि तिमि को हौ , तिमि किन छौँ ।’ जिवनमा तिमिले क्षमता, कमजोरी ,अवसर र चुनौतीलाई पहिचान गर्ने सामर्थ  राख्नू पर्दछ । यो नै तिम्रो जिवनको सफलता हो । 

 

कार्यक्रमको सञ्चालन क्याम्पस छात्रा प्रमुख विप्लवि न्यौपानेले गरेका थिए ।

 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्